१५ चैत, २०८० बिहिबार

11:58:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

Nepal Business

४ चैत, २०७९

व्यवसायीहरूको भूमिका बलियो बनाउनका लागि राज्यले नीति निर्माण गर्न आवश्यक छ ।” उहाँले अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको भन्दै सुधारका लागि ब्याजदर एकल विन्दुमा कायम गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागेको उहाँको भनाइ छ ।

व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ । 

आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहँुदै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “समृद्ध नेपाल बनाउनका लागि उद्योगी व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन्छ ।

आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहँुदै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “समृद्ध नेपाल बनाउनका लागि उद्योगी व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन्छ ।

व्यवसायीहरूको भूमिका बलियो बनाउनका लागि राज्यले नीति निर्माण गर्न आवश्यक छ ।” उहाँले अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको भन्दै सुधारका लागि ब्याजदर एकल विन्दुमा कायम गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागेको उहाँको भनाइ छ । 

ब्याजदर एकल विन्दुमा झरेपछि अर्थतन्त्र क्रमिकरूपमा सुधार हँुदै जाने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गर्नुभयो । “बैंकको ब्याज एकल अङ्कभन्दा माथि जाँदैन । भन्सारका समस्या पनि छिट्टै समाधान हुन्छ । व्यवसाय चलेन भने सरकार चल्दैन । व्यवसायीहरू अहिले समस्यामा छन्”, उहाँले भन्नुभयो, “सरकार व्यवसायीको समस्या समाधान गर्ने उपाय खोजिरहेको छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बागमती प्रदेश सरकारले उत्पादनको तथ्याङ्क निकालेर राज्यको आयस्रोत बढाउन नयाँ खाका बनाएर सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य महासङ्घ र बागमती सरकार मिलेर उत्पादन तथ्याङ्क आवश्यक रहेको उहाँको भनाइ छ ।

सांसद डिपी अर्यालले सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वयको कमजोरीले देशमा आर्थिक सङ्कट आइपरेको बताउनुभएको छ । 

पूर्व श्रममन्त्रीसमेत रहनुभएका सांसद अर्यालले भन्नुभयो, “म पनि लामो समय उद्योग व्यवसायबाटै राजनीतिमा प्रवेश गरेको हुँ । पत्रकारले अध्ययन गरेर लेखेको समाचारले ठूलो प्रभाव पार्छ । त्यसैले व्यवसायी र सञ्चार क्षेत्रबीचको सहकार्य जरुरी छ ।”