१४ बैशाख, २०८१ शुक्रबार

01:36:52 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागमतीका नवनियुक्त भौतिकमन्त्री दुलालको पहिलो निर्णय : खरको छानो मुक्त र रुवीभ्याली विकास कार्यक्रम अघि बढाउने

Nepal Business

१२ माघ, २०७९

मन्त्री दुलालले बजेट अभावले दुई वर्षदेखि निर्माण कार्य रोकिएको खनियावास र रुबिभ्याली जोड्ने लिङलिङ ग्यापको मोटरेबल पुलको लागि आवश्यक बजेट खनियाबास गाउँपालीकालाई दिने प्रतिबद्धतासहित निर्माण कार्य अगाडि बढाउन सहमति प्रदान गर्ने निर्णय पनि गर्नुभएको छ ।

बागमतीका नवनियुक्त भौतिकमन्त्री दुलालको पहिलो निर्णय : खरको छानो मुक्त र रुवीभ्याली विकास कार्यक्रम अघि बढाउने

मकवानपुर । 
बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल 'शरद'ले खरको छानो मुक्त र एकीकृत रुवीभ्याली विकास कार्यक्रमलाई अघि बढाउने पहिलो निर्णय गर्नुभएको छ । ।

बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै पदभार ग्रहण गर्दै मन्त्री दुलालले मानव विकास सूचकांकमा प्रदेशकै सबैभन्दा पछाडि परेको रुवीभ्याली गाउँपालिकामा 'एकीकृत रुवीभ्याली विकास कार्यक्रम' कार्यान्वयन प्रक्रियाको प्रारम्भ गर्ने निर्णय गर्नुभएको हो ।

मन्त्रालयको जिम्मेवारी लिएको पहिलो दिन मन्त्री दुलालले 'खरको छानो मुक्त कार्यक्रम'को प्रक्रिया अघि बढाउने योजना पनि सदर  गर्नुभएको छ । उहाँले बागमती प्रदेशमा आर्थिक विपन्नताका कारण खरको छाना मुनि बस्न बाध्य  नागरिकको घरलाई खरको छाना मुक्त बनाउने प्रदेश सरकारको कार्यक्रमलाई कार्यान्वयन प्रक्रिया प्रारम्भ गर्न योजनाको फाइल सदर गर्नुभएको हो ।

त्यस्तै मन्त्री दुलालले बजेट अभावले दुई वर्षदेखि निर्माण कार्य रोकिएको खनियावास र रुबिभ्याली जोड्ने लिङलिङ ग्यापको मोटरेबल पुलको लागि आवश्यक बजेट खनियाबास गाउँपालीकालाई दिने प्रतिबद्धतासहित निर्माण कार्य अगाडि बढाउन सहमति प्रदान गर्ने निर्णय पनि गर्नुभएको छ ।