१४ बैशाख, २०८१ शुक्रबार

08:29:28 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एउटै ढुङ्गामा बन्ने बुद्धमूर्ति निर्माणावस्था र प्रगतिबारे प्रतिष्ठानद्धारा अनुगमन

Nepal Business

१० फागुन, २०७९

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र उक्त गाउँपालिकाको संयुक्त कार्यक्रममा मुर्ति निर्माण शुरु भएको हो ।

एउटै ढुङ्गामा बन्ने बुद्धमूर्ति निर्माणावस्था र प्रगतिबारे प्रतिष्ठानद्धारा अनुगमन

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सिन्धुपाल्चोकमा एएटै ढुङ्गामा निर्माणाधीन ८४ फिट अग्लो बुद्धमुर्तिको निर्माणावस्था र प्रगतिबारे आज अनुगमन गरेको छ । 

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको नेतृत्वमा गएको टोलीले जिल्लाको पाँच पोखरी थाङ्गपाल गाउँपालिकामा निर्माणाधिन बुद्ध मुर्तिको कार्य प्रगतिको अनुगमन गरेको प्रतिष्ठानका प्राज्ञ दिनेश्वर महत्तोले जानकारी दिनुभयो । 

उहाँले जिम्मेवार पदमा बसेर आरामले बस्ने छुट कसैलाई नहुने भन्दै यस्ता राष्ट्रका महत्वपूर्ण सम्पदा तथा सिर्जना निर्माण कार्य समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र उक्त गाउँपालिकाको संयुक्त कार्यक्रममा मुर्ति निर्माण शुरु भएको हो । विगतमा बजेटको समस्या तथा नेतृत्वको चासो कम हुँदा प्रभावकारी काम हुनसकेको थिएन । गत सालबाट मूर्ति निर्माणको कार्य थालिएको थियो । 

उपकुलपति लामाका अनुसार त्यहाँ ८४ फिट अग्लो एउटै ढुङ्गाको मूर्ति बन्न लागेको हो । २०औँ सताव्दीयता यती ठुलो ढुङ्गाको मूर्ति सायदै भएको उहाँले दावी गर्नुभयो । अनुगमनमा काम भइरहेको देखिएको तर अब यसको गतिलाई तिब्रता दिने लामाले बताउनुभयो ।

उहाँका अनुसार लगभग २ करोडको लगानीमा बनिसक्ने योजना रहेको छ । दुई वर्षमा सक्ने योजना भए पनि बीचमा काम प्रभावकारी नहुँदा समय लम्बिने देखिएको छ ।