७ बैशाख, २०८१ शुक्रबार

11:46:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं महानगरले सुरु गर्यो छुट्टाछुट्टै फोहोर उठाउन, फोहोर नछुट्टाए के हुन्छ ?

Nepal Business

१ साउन, २०७९

काठमाण्डौं महानगरले सुरु गर्यो छुट्टाछुट्टै फोहोर उठाउन, फोहोर नछुट्टाए के हुन्छ ?

काठमाण्डौं । काठमाण्डौं महानगरले छुट्टिएको फोहोर मात्र संकलन गर्न सुरु गरेको छ । साउन १ गते आइतबार आजदेखि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टिएको मात्र संकलन गर्न सुरु गरेको हो।

महानगरले यसका लागि फोहोर उत्पादकलाई कुहिने र नकुहिने फोहोरलाई छुट्टा–छुट्टै भाँडामा संकलन गर्न, तोकिएको समय र सवारी साधनमा मात्र फोहोर दिन अनुरोध गर्दै आएको थियो । यस बारेमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘यो गाह्रो कुरा पनि होइन । यसका लागि कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइदिए पुग्छ । फोहोर छुट््याउने सोचाइले पनि यसलाई अतिरिक्त काम जस्तो अनुभूति गराइरहेको छ । वास्तवमा एकछिनको सजिलोको लागि कुहिने र नकुहिने फोहोरलाई हामीले मिसाइरहेका छौँ ।’

उहाँले व्यवहारका कारण फोहोर व्यवस्थापन असहज भएको प्रसङ्ग उल्लेख गर्दै हामीले  उत्पादन गरेको फोहोरको कारण मानिसहरु रोगी र लगभग नारकीय जीवन भोगिरहेको बताउनुभयो ।

‘यसलाई रोक्ने जिम्मेवारी तपाई हाम्रै हो । अबदेखि कुहिने र नकुहिने फोहोरलाई अलग अलग भाँडोमा संकलन गरिदिनुहोला’, उहाँले भन्नुभयो, ‘तालिका अनुसार आएका फोहोर संकलन गर्ने गाडीहरुमा सोही अनुसार फोहोर दिनुहोला । हामीले फोहोर संकलन गर्ने तालिकालाई क्रमशः थप सहज र वैज्ञानिक बनाउँदै जानेछौँ ।’ 
उहाँ थप्नुहुन्छ, ‘हामीलाई यो पनि थाहा छ कि एउटा मात्रै कोठामा परिवार नै बसेर जीवन गुजारा गरिरहेकाहरुलाई बेग्ला बेग्लै फोहोर संकलन गर्ने ठाउँ अभाव हुन्छ । तर तत्कालका लागि तपाईहरुको जस्तै महानगरको पनि सीमितता छन ।’

साँघुरा कोठामा जीवन यापन गर्ने परिवारप्रति लक्षित गर्दै प्रमुख शाहले, यसप्रकारका सहजताका लागि महानगरले प्रयास गर्ने बताउनुभयो । ‘अहिले जे जति स्रोत र साधनहरु छन, ती सबैको अधिकतम प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्न पहल गरौँ ।’ उहाँको आग्रह छ ।

आज भित्री सहरी क्षेत्रबाट निकालिएको फोहोर कुहिने प्रकृतिको थियो । घरमा प्लाष्टिकमा राख्ने गरिएकोले कुहिने फोहोर प्लाष्टिकको पोकोमा निकालियो । फोहोरको यो प्रकृति देखेपछि वातावरण व्यवस्थापन विभागका कर्मचारीहरुले कुहिने फोहोर ल्याउँदा प्लाष्टिकमा पोको नपार्न आग्रह गरेका थिए । 

महानगरले संकलित फोहोर उठाउन क्षेत्र बाँडेर २ वटा रुट बनाएको छ । पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहोर संकलन गरिनेछ भने मंगलबार नकुहिने फोहोर उठाइनेछ । दोस्रो रुटमा सोमबार र विहीबार कुहिने फोेहोर र शुक्रबार नकुहिने फोहोर उठाइनेछ । यसरी हप्ताको ४ दिन कुहिने फोहोर र २ दिन नकुहिने फोहोर संकलन गर्ने तालिका अनुसार आज कुहिने फोहोर संकलन गरिएको छ ।

संकलन गरिएको फोहोर प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पु¥याइनेछ । यसरी लगिएको फोहोरलाई छुट्टा–छुट्टै व्यवस्थापन गरिनेछ । आजबाट कसैले मिसिएको फोहोर निकाल्यो भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना गरिनेछ ।

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्न लागिएको हो । 

ऐनमा फोहोरलाई स्रोतमै छुट््याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यस अनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ । जैविक फोहोरबाट गड््यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ ।

पुन चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न सकिन्छ । महानगरले नागरिक दायित्वका विषयमा भनेको छ, ‘भान्छामा फोहोर उत्पादन हुने बेलामै कुहिने र नकुहिने गरी २ भागमा बाँड्न सकिन्छ । यसो ग¥यो भने त्यसपछि व्यवस्थापनका पक्षमा सजिलो हुन्छ । अब प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग बढाउनुपर्छ ।’