६ जेठ, २०८१ आइतबार

08:55:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

२६ साउन, २०७९

२४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४११ पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा ३५० जना गरी थप ८११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८६९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।