६ जेठ, २०८१ आइतबार

05:39:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

२५ साउन, २०७९

२४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१४ पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ एन्टिजेन परीक्षण गर्दा ३७२ जना गरी थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ४१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८८५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।