६ जेठ, २०८१ आइतबार

08:16:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वास्थ्य विमा कार्यक्रममा देखिएका जटिलता हटाउन सरकारको ध्यानाकर्षण

२५ साउन, २०७९

स्वास्थ्य विमा कार्यक्रममा देखिएका जटिलता हटाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य विमा कार्यक्रममा देखिएका जटिलता हटाएर यसलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अधिकारीले स्वास्थ्य बिमा बापतको रकम उपलव्ध नगराएर सम्पुर्ण सरकारी अस्पताल र प्रतिष्ठानमा उक्त सेवा नै बन्द हुने अवस्थामा पुगेको भन्दै यससम्बन्धी जटिलता हटाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले स्वास्थ्य विमा कार्यक्रममा विमितहरुबाट ११ अर्ब संकलन भएपनि उक्त सेवालाई बन्द गराउने अवस्थामा सरकारले पुर्याएको जिकिर गर्नुभयो । अधिकारीले स्वास्थ्य बिमामा सरकारले हेलचेक्राई गरेर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको बताउनुभयो ।