१८ मंसिर, २०८१ मंगलबार
11:11:17 PM
२४ साउन, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ५६० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जना गरी थप १०९० जनामा कोरोना संक्रमण पुष्टि हो ।
योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।