६ जेठ, २०८१ आइतबार

07:28:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

२४ साउन, २०७९

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको संरचनाका बारेमा काठमाडौं महानगरपालीकाले अध्ययन गर्ने भएको छ ।

सार्वजनिक जग्गाको संरचना हटाउन दिएको निर्देशनको अवस्था बुझ्न मंगलबार अस्पताल पुग्नुभएका महानगरका मेयर बालेन्द्र शाहले दुई पक्षको प्राविधिक राखेर अध्ययन समिति बनाउने बताउनुभएको हो ।

मेयर शाह अस्पताल पुग्दा अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले अस्पतालले कानून अनुसार जग्गा भाडामा लिएको र अक्सिजनसहितका सामग्री भण्डारण गरिएको बताउनुभएको थियो । त्यसपछि मेयर शाहले अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय गर्ने बताउदै फर्कनुभएको थियो ।

अस्पतालका अध्यक्ष सिंहले आफुहरुले सार्वजनिक जग्गा नमिचेको र महानगरले कुरै नबुझी भवन भत्काउन २४ घण्टे अल्टिमेटम दिएको बताउनुभयो । यसअघि काठमाडौं महानगरपालिकाका साहले अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिनुभएको थियो ।

अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरले बताउदै आएको छ ।