२२ बैशाख, २०८१ शनिबार

05:27:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थमा ५० प्रतिशतले मूल्यबृद्धि भएपछि देशव्यापी प्रदर्शन

२४ साउन, २०७९

पेट्रोलियम पदार्थमा ५० प्रतिशतले मूल्यबृद्धि भएपछि देशव्यापी प्रदर्शन

ढाका । बंगलादेशमा पेट्रोलियम पदार्थमा ५० प्रतिशत बढी मूल्यबृद्धिको देशव्यापी विरोध भएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो ।

सरकारले केही दिनअघि पेट्रोल र डिजेलको मूल्यमा ५० प्रतिशत बढी वृद्धि गरेको थियो । आक्रोशित प्रदर्शनकारीहरूले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बंगलादेशभर इन्धन स्टेसनमा घेरा हालेका छन् ।

मंगलबार शेख हसिना सरकारले पेट्रोलियम पदार्थको मूल्य ५१.७ प्रतिशतले वृद्धि गरेको छ । यो बंगलादेश स्वतन्त्र भएपछि अहिलेसम्मकै इन्धनमा उच्च मूल्यबृद्धि भएको जनाइएको छ ।