२७ बैशाख, २०८१ बिहिबार

02:45:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा आज ३ करोड कित्ता बोनस सेयर सूचिकृत

२४ साउन, २०७९

नेप्सेमा आज ३ करोड कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बोनस सेयर सूचिकृत भएको हो ।  

नेप्सेमा नेपाल टेलिकमको २० प्रतिशत बोनस बापतको ३ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेपाल टेलिकमको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।