२१ बैशाख, २०८१ शुक्रबार

01:41:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साल्ट ट्रेडिङ्ग कम्पनीको नाफा २१.१५ प्रतिशते घट्यो, प्रतिसेयर आम्दानी कति ?

Nepal Business

२ भदौ, २०७९

साल्ट ट्रेडिङ्ग कम्पनीको नाफा २१.१५  प्रतिशते घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको नाफा गत आर्थिक वर्षमा घटेको छ । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीले ३ करोड ७७ लाख ८५ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। 

यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २१.१५  प्रतिशत कम हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ४ करोड ७९ लाख २० हजार बढी खुद नाफा गरेको थियो ।

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ७ अर्ब १७ करोड १ लाख १२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १० अर्ब ४० करोड ३५ लाख ८७ हजार रुपैयाँ रहेको थियो । उत्पादन बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफामा असर परेको छ ।

२५ करोड ३५ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३४ करोड ८३ लाख ६१ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ४३८ रुपैयाँ ७ पैसा रहेको छ ।