६ मंसिर, २०८१ बिहिबार
11:02:25 PM
१ जेठ, २०७९
गत वर्ष होटलले यसै अवधिमा १३ करोड ६६ लाखभन्दा बढी खुद नोक्सानी गरेको
काठमाण्डौं । सोल्टी होटल लिमिटेडले गत वर्षको तुलनामा यस वर्ष नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म होटलले १० करोड ८५ लाखभन्दा बढी खुद नाफा कमाएको हो ।
गत वर्ष होटलले यसै अवधिमा १३ करोड ६६ लाखभन्दा बढी खुद नोक्सानी गरेको थियो । तर यस त्रैमाससम्म होटलले घाटामा सुधार ल्याएर केहि नाफा कमाएको छ ।
यस्तै होटलको आम्दानी यस वर्ष करिब १४१ प्रतिशत बढेकाले नाफा गर्न सफल भएको हो। गत वर्ष ३० करोड ८७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ७४ करोड ३८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
खर्च रकम भने गत वर्षभन्दा करिब ४१ प्रतिशत बढी ६२ करोड ७१ लाख रुपैयाँ भएको छ।
यस्तै होटलको चुक्तापूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
जगेडा कोष रकम गत वर्षभन्दा ४.१३ प्रतिशत बढेर ६९ करोड ८२ लाख रुपैयाँभन्दा बढी भएको छ । कम्पनीको कुल सम्पत्ति गत वर्षभन्दा ७.६१ प्रतिशत र कुल दायित्व २१.९४ प्रतिशत बढेको छ ।
कुल सम्पत्ति २ अर्ब २८ करोडभन्दा बढी रहेको होटललेका कुल दायित्व ७४ करोड ३७ लाख रुपैयाँभन्दा बढी छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी १.२९ र प्रतिसेयर नेटवर्थ १८.२९ रहेको छ। यस अवधिसम्म होटलको मूल्य आम्दानी अनुपात १७८.४५ गुणा रहेको छ ।