२१ माघ, २०८१ सोमबार
03:48:59 AM
२३ साउन, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जना गरी थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि हो ।
योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।