२२ बैशाख, २०८१ शनिबार

12:14:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बङ्गलादेशमा ५१.७ प्रतिशतले इन्धनको मूल्य बढ्यो

Nepal Business

२२ साउन, २०७९

बङ्गलादेशमा ५१.७ प्रतिशतले इन्धनको मूल्य बढ्यो

एजेन्सी । बङ्गलादेश सरकारले इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो ।

बङ्गलादेश सरकारले शुक्रबार राति देखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको हो । 

ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार अहिले एक लिटर अक्टेनको मूल्य ८९ टाकाबाट बढेर टाका पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य पनि ४२.५ प्रतिशतले बढाएर प्रतिलिटर ११४ टाका कायम भएको छ  भने पेट्रोलको मूल्य ४४ टाकाले बढेर १३० पुगेको छ ।