६ मंसिर, २०८१ बिहिबार
09:39:15 PM
२२ साउन, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ४५१ जना र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जना गरी थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि हो ।
योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि कारोना संक्रमणका कारण मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा ४३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।