६ मंसिर, २०८१ बिहिबार
06:03:11 PM
२० साउन, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जना गरी थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि हो ।
योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।