२३ बैशाख, २०८१ आइतबार

09:45:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१ माघ, २०७८

२४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 काठमाण्डौं
पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत आइसोलेसन अस्पतालमा छन् ।

अस्पतालमा रहेकामध्ये ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा र कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६ सय १७  जनाको ज्यान गुमिसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १५९१, ललितपुरमा ४८६, भक्तपुरमा १४२ जना गरी उपत्यकामा २,२१९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चितवनमा २०५, सुनसरीमा ११६, कैलालीमा १०७, मोरङमा १०४, मकवानपुरमा ८३, कास्कीमा ७३, धनुषामा ६९, नवलपरासी पूर्वमा ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापामा ४०, पर्सा र बाँकेमा ३९÷३९, काभ्रेमा ३७, दाङमा ३०, तनहुँमा २५, सिरहामा २३, सुर्खेतमा २२, सर्लाहीमा १९, महोत्तरीमा १८, नुवाकोटमा १६, रामेछाप, सिन्धुपाल्चोक र पाल्पामा १५÷१५, बाग्लुङ र स्याङ्जामा १४÷१४, बारा र सिन्धुलीमा १३÷१३ ओखलढुंगा र सप्तरीमा ११÷११, नवलपरासी पश्चिम र रोल्पामा १०÷१० जनमा संक्रमण पुष्टि भएको छ ।