२० बैशाख, २०८१ बिहिबार

04:37:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामाग्री पठाउदै

१ माघ, २०७८

नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामाग्री पठाउदै

काठमाण्डौं
सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुलाई मानवीय सहायता सामग्री पठाउने भएको छ ।

आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिनुहुने कार्यक्रम राखिएको छ। 
पछिल्ला दिनहरुमा नेपालसरकारले विशेषगरी सार्कका सदस्य राष्ट्रहरुलाई सहयोग उपलब्ध गराउँदै आएको छ । यो पनि मित्रराष्ट्रहरुलाई गरिने सहयोगको अंश भएको जनाइएको छ ।