२२ बैशाख, २०८१ शनिबार

10:22:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतमा बढ्यो रिपोको ब्याजदर, ऋणको ब्याजदर अझै बढ्ने

२० साउन, २०७९

भारतमा बढ्यो रिपोको ब्याजदर, ऋणको ब्याजदर अझै बढ्ने

काठमाडौं ।  भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डिया (आरबीआई) ले रिपोको ब्याजदर बढाएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले ४.९० प्रतिशत रहेको रिपोदरलाई बढाएर ५.४० प्रतिशत पुर्याएको जानकारी दिनुभयो । केन्द्रीय बैंकले बैंकलाई तरलता दिनको लागि दिने रकमलाई रिपो भनिन्छ ।

आरबीआई गभर्नर दासले चालु वर्षमा भारतको आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने तथा चालु खाता घाटाबाट चिन्ता लिनु नपर्ने बताउनुभयो । रिपोको ब्याजदर ०.५० प्रतिशतले बढाएपछि बैंकबाट ऋण लिएर घर तथा गाडी किन्नेले मासिक रुपमा तिर्नुपर्ने इएमआई बढ्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सहरी क्षेत्रमा मागमा सुधार देखिएको तथा चालु वर्षमा बैंकहरुको कर्जाको वृद्धिदर १४ प्रतिशतले हुने आरबीआईले जनाएको छ ।