२३ बैशाख, २०८१ आइतबार

09:27:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

१९ साउन, २०७९

२४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा १६६ जना गरी थप ७६० जनामा कोरोना संक्रमण पुष्टि हो ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।