२३ बैशाख, २०८१ आइतबार

11:11:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना बीमाको दाबी भुक्तानी छिटै हुन्छः राजश्व सचिव पुष्कर

१९ साउन, २०७९

कोरोना बीमाको दाबी भुक्तानी छिटै हुन्छः राजश्व सचिव पुष्कर

काठमाडौं ।  अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले कोरोना बीमाको दाबी भुक्तानी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सचिव पुष्करले उक्त जानकारी गराउनुभएको हो । कोरोना बीमाको दाबी भुक्तानी दिनु चुनौति रहेको उहाँको भनाइ छ ।

यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्रालयले अन्तिम चरणमा पुर्याएको सचिव पुष्करले जानकारी दिनुभएको छ । स्रोत साधन सहित निकर्षमा पुगिसकेकाले अब छिटै दाबी भुक्तानी वापतको रकम निकास हुने उहाँले बताउनुभयो ।

कारोना बीमा भुक्तानीको लागि अर्थमन्त्रालयले बीमा समितिसँग विभिन्न मोडालिटीमा छलफल गरेको जानकारी गराउदै उनले त्यस विषयमा छिटै निर्णय हुने बताएका हुन् ।

बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १५ अर्ब ४२ करोड २३ लाख रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ५१ हजार ६८७ वटा दाबी मार्फत ४ अर्ब ९८ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

कुल दाबी रकम मध्ये ६७.७० प्रतिशत अर्थात १० अर्ब ४४ करोड रुपैयाँ बराबरको १ लाख १३ हजार ३९० वटाको भुक्तानी गर्नुपर्ने देखिन्छ ।