२२ बैशाख, २०८१ शनिबार

07:28:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुडानमा खाद्य संकट हुनेः राष्ट्र संघ

Nepal Business

१९ साउन, २०७९

सुडानमा खाद्य संकट हुनेः राष्ट्र संघ

एजेन्सी । सुडानमा खाद्य संकट हुने देखिएको छ । यसका लागि  संयुक्त राष्ट्र संघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको हो । 

राष्ट्र संघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो ।

खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्र संघले जनाएको छ ।

राष्ट्र संघले यसअघि पनि कैयौँ पटकसम्म खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ । खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले अवस्था नाजुक बन्दै गएकोले नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।

जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको सङ्कटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ । हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ ।