२३ बैशाख, २०८१ आइतबार

08:00:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खाद्य विभागको वार्षिक प्रतिवेदन सार्वजनिक, आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको प्रयोग

Nepal Business

१७ साउन, २०७९

खाद्य विभागको वार्षिक प्रतिवेदन सार्वजनिक, आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको प्रयोग

काठमाण्डौं । नेपालमा आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै कार्तिक १ गतेदेखि असार मसान्तसम्म ५६ हजार ३ सय ३८ वटा आयातित फलफूल तथा तरकारीका नमूनाहरुको परिक्षण गर्दा जुनार, केरा, चुकन्दर तथा आलू लगाएतका ५१ वटा नमूनामा खान अयोग्य हुने जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको जनाएको हो ।

कृषि मन्त्रालयको निर्देशनमा कार्तिक १ गतेबाटै बिभागका ७ वटा कार्यालयले द्रुत गतिमा परिक्षणको काम थालेको समेत बिभागले जनाएको छ । आर्थिक बर्ष २०७८÷७९ मा भएका कामहरुको बारेमा जानकारी दिदै बिभागले ४ हजार १ सय २७ खाद्य नमुनाहरुको परिक्षण गर्दा २ सय २४ वटा नमूना खान अयोग्य रहेको पाइएको समेत जनाएको छ।

सोहि अवधिमा दाना, होटल, राजमार्गका रेष्टुरेन्ट लगाएतको ८ हजार ८ सय ६६ पटक अनुगमन गरिएको विभागले जानकारी दिएको छ ।

सोहि अवधिमा नै १२ वटा अन्तराष्ट्रिय सीममा अवस्थीत खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुमा ५१ हजार ७ सय ६७ वटा खाद्य पदार्थका नमूनाहरु परिक्षण गरिएको बिभागका महानिर्देशक डा.मतिना जोशी वैद्यले जानकारी दिनुभयो ।

उहाँले गण्डकी प्रदेशमा खाद्य परिक्षण केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । उहाले फलफूलमा विषादी प्रयोगको गुनासो बढेपछि सवै प्रदेशमा एकै पटक अनुगमन गरिएको र सो क्रममा फलफूल पकाउन प्रयोग हुने रसायन प्रयोग गरेको पाइएको जानकारी दिनुभयो । 

त्यस्तै विभागले संक्रामक रोग नियन्त्रण लक्षित बिशेष अनुगमनलाई पनि तीव्रता दिएको जनाएको छ ।