१० मंसिर, २०८१ सोमबार
10:33:14 AM
१७ साउन, २०७९
काठमाण्डौं । नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ६२ पिसिआर परिक्षणका क्रममा ५ सय ९ जना र २ हजार ६ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप २ सय ९९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६ सय २५ जना निको भएका छन् ।
हाल नेपालमा ५ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।