२३ बैशाख, २०८१ आइतबार

09:52:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

Nepal Business

१६ साउन, २०७९

८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा लगातार कारोबार भाइरसको संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । मन्त्रायका अनुसार पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।

यस्तै, अहिले नेपालमा ४९ सय ३४ जना संक्रिय संक्रमित रहेका छन् ।