२३ बैशाख, २०८१ आइतबार

01:00:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको ज्यान गयो

Nepal Business

१५ साउन, २०७९

थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको ज्यान गयो

काठमाण्डौं । कोरोनाको ग्राफ दिनहुँ बढ्दो छ । नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ । थप २ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६२ जना निको भएका छन् ।

 हाल नेपालमा ४ हजार ५ सय ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।