६ मंसिर, २०८१ बिहिबार
09:12:48 PM
३० पुस, २०७८
काठमाण्डौं
पछिल्लो २४ घण्टामा थप पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५ सय ६० जनाको नमूना परीक्षण गरिएको थियो । १३ हजार ४ सय ७४ जनाले पिसिआर र ७ हजार ८६ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३०६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ८ लाख १५ हजार ६ सय ५३ पुगेको छ । यो दर ९६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा ८ लाख ४५ हजार ५ सय १ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा १ लाख १ सय ८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ८१ हजार २ सय ६० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ८ लाख ८० हजार ८ सय ८२ पुगेको छ । कुल सङक्रमण दर १७ प्रतिशत रहेको छ ।
कोभिड बिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २ सय ६७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ३५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय १३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८२.३ रहेको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय १३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८२.३ रहेको छ ।
हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा २५ र आइसियूमा १ सय ११ रहेको छ । होम आइसोलेशनमा १७ हजार २ सय ९१, संस्थागत आइसोलेशनमा ९ सय ४४ र क्वारेन्टीनमा १ सय १५ रहेका छन् ।
हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर र भक्तपुर र कास्की रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा झापा, चितवान, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन् । सून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ७ हजार ६ सय २५, ललितपुर १ हजार ९ सय ३५ र भक्तपुरमा १ हजार २ सय ५१ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।