७ बैशाख, २०८१ शुक्रबार

08:39:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्मार्टफोन रियलमी सी ३१ सार्वजनिक

Nepal Business

१५ साउन, २०७९

स्मार्टफोन रियलमी सी ३१ सार्वजनिक

काठमाण्डौं । रियलमीले इन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ सार्वजनिक गरेको छ । स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री छ । जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने दाबी कम्पनीको छ । 

फोनमा १.८ गिगाहर्जको अक्टाकोर युएनआइएसओसी टी६१२ प्रोसेसर छ । उत्कृष्ट फोटोग्राफीको लागि १३ मेगापिक्सेलको क्यामरा रहेको छ । 

रियलमीका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्टफोनको रुपमा रियलमी सी३१ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। यो एकदमै स्लीक र सबैभन्दा कम्फर्टेबल फोन हो। यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिस हुनुका साथै सुपथ मूल्यमा उपलब्ध छ । हामी टप पर्फर्मेन्समा विश्वास गर्छौं, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरु क्वालिटी चेक पछि मात्र बजारमा जान्छन् ।’

रियलमीले उक्त स्मार्टफोनको मूल्य १७,७९९ रुपैयाँ तोकेको छ । ४ जीबी ¥याम र ६४ जीबी स्टोरेजसहित उपलब्ध यो फोन यो सबैभन्दा पातलो सेट भएको कम्पनीको दावी छ ।