७ बैशाख, २०८१ शुक्रबार

12:10:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खल्तीले र राष्ट्रिय बीमा संस्थानबीच बीमा प्रिमियम भुक्तानीका लागि सम्झौता

Nepal Business

१५ साउन, २०७९

खल्तीले र राष्ट्रिय बीमा संस्थानबीच बीमा प्रिमियम भुक्तानीका लागि सम्झौता

काठमाडौं । खल्तीले र राष्ट्रिय बीमा संस्थानबीच बीमा प्रिमियम भुक्तानीका लागि सम्झौता भएको छ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरेको हो । 

राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकको रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो । यस सम्झौतापछि उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन् ।

उपभोक्ताले बीमा तिर्न खल्ती एपमा रहेको क्ष्लकगचबलअभ मा गई राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ । मागिएको विवरण भरि प्रिमियम भक्तानी प्रक्रियालाई पुरा गर्न सकिन्छ ।  

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन्नुभयो, ‘राष्ट्रिय बीमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु हाम्रो लागि एक प्रभावकारी उपलब्धि हो । यस सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाईदा हुने साथै बिमा शुल्क सङ्कलन अझै  सरल र प्रभावकारी बन्ने कुरामा हामी विश्वस्त छौँ ।’

प्रयोगकर्ताले ५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्ने जनाएको छ ।