१५ चैत, २०८० बिहिबार

08:20:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दर्ता नभएका मोबाइल आजैबाट नचल्ने, दर्ता भए नभएको कसरी थाहा पाउने ? (सूचनासहित)

Nepal Business

३० भदौ, २०७९

दर्ता नभएका मोबाइल आजैबाट नचल्ने, दर्ता भए नभएको कसरी थाहा पाउने ? (सूचनासहित)

काठमाण्डौ । अब दर्ता नभएका मोबाइल नचल्ने भएका छन् । बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएको छ । जसका कारण दर्ता नभएका मोबाइल नचल्ने  प्राधिकरणले सूचना मार्फत जानकारी दिएको हो । 

प्राधिकरणका अनुसार नेपालमा मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित थप व्यवस्थित गर्न प्राधिकरणले एमडीएमएस कार्यान्वयनमा ल्याएको हो । यो प्रविधिक सञ्चालनमा आएसँगै चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आज बिहीबार भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तरबरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ ।

भदौ ३० गतेपछि मोबाइल खरिद गर्दा दर्ता भए वा नभएको यकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । बिना दर्ताका मोबाइल सेट नचल्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

यसैगरी मोबाइल आयातकर्ता तथा बिक्रेताहरुले पनि मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्रीवितरण गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने घोषणा गर्नुभएको थियो । तर त्यसको १ वर्षपछि यो कार्यन्वयनमा आएको हो ।

प्राधिकरणका अनुसार मोबाइल खरिद गर्नु अघि https://mdms.nta.gov.np/  वेबसाइट बाट सो मोबाइलको आईएमईआई दर्ता भएको छ कि छैन भनेर चेक गरेर सो मोबाइल नेपालमा चल्छ कि चल्दैन थाहा पाउँन सकिन्छ । 

आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन आफ्नो मोबाइलमा ‘*#06#’ डायल गर्नुपर्छ । २ वटा सिमकार्ड चल्ने मोबाइलमा २ वटा नै आईएमईआई नम्बर देखिन्छ । यदि २ वटा सिमकार्ड लाग्ने मोबाइल छ भने २ वटै आईएमईआई नम्बर दर्ता भएको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।