९ मंसिर, २०८१ आइतबार
08:53:51 AM
१५ साउन, २०७९
काठमाण्डौं । एनसीसी बैंकले पुनः२६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि आज आइतबारदेखि पुनः संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १३१ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन मिल्नेछ । लिलामी सेयरको आवेदन साउन २२ गते दिउँसो ३ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाण्डौंमा खोलिनेछ ।