१५ चैत, २०८० बिहिबार

09:12:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

के कारणले राष्ट्र बैंकले बेच्यो नेप्सेको ५.९ प्रतिशत शेयर ?

Nepal Business

८ फागुन, २०७९

नेपाल राष्ट्र बैंकको बित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाअनुसार नै राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको नेप्सेको सेयर विनिवेश गर्ने निर्णय भएको बताउनुभयो।

के कारणले राष्ट्र बैंकले बेच्यो नेप्सेको ५.९ प्रतिशत शेयर ?

 
नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्जको शेयर जी टु जी माध्यमबाट बिक्री गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकको गत बिहिबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो स्वामित्वमा रहेको मध्ये ५.९ प्रतिशत शेयर राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको गत बिहिबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो स्वामित्वमा रहेको मध्ये ५.९ प्रतिशत शेयर राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको बित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाअनुसार नै राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको नेप्सेको सेयर विनिवेश गर्ने निर्णय भएको बताउनुभयो।

उहाँका अनुसार राष्ट्र बैंकले नेप्सेको ९.५ प्रतिशत मात्र शेयर राखेर बाँकी शेयर बिक्री गर्ने निर्णय सञ्चालक समितिले गरेको छ ।  राष्ट्र बैंकको स्वामित्वमा नेप्सेको १४.६ प्रतिशत शेयर रहेको थियो ।  

राष्ट्र बैंकले आफ्नो वित्तीय विवरणमा उल्लेख गरिएको फेयर भ्यालुमा नै शेयर बिक्री गर्ने निर्णय गरेको जनाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरणमा आफ्नो स्वामित्वमा रहेको नेप्सेको शेयरको फेयर भ्यालु ९८ करोड ७७ लाख १० हजार ३ सय २४ रुपैयाँ उल्लेख गरेको थियो  । यस हिसाबमा राष्ट्र बैंकले प्रति कित्ता ६७६ रुपैयाँ ५२ पैसामा शेयर बिक्री गरेको देखिन्छ। 

राष्ट्र बैंक ऐन अनुसार राष्ट्र बैंकले  आफनो काम कारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पुँजीको दश प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्न सक्छ ।