१४ बैशाख, २०८१ शुक्रबार

03:46:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन बैंकले ७ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्दै

Nepal Business

७ भदौ, २०७९

हिमालयन बैंकले ७ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्दै

काठमाण्डौं । हिमालयन बैंक लिमिटेडले ऋणपत्र बिक्रि गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरको ऋणपत्र भदौ १५ गतेदेखि बिक्री गर्ने भएको हो । 

बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १ अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र छिटोमा भदौ १९ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने भदौ २९ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । 

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।