१४ बैशाख, २०८१ शुक्रबार

03:24:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फागुनमा गर्न लागिएको स्वावलम्बन लघुवित्तको साधारणसभाका यस्ता छन् प्रस्ताव

Nepal Business

२७ माघ, २०७९

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

फागुनमा गर्न लागिएको स्वावलम्बन लघुवित्तको साधारणसभाका यस्ता छन् प्रस्ताव

स्वावलम्बन लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १९ गते लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र  ६.०५२ प्रतिशत नगद गरि कुल २१.०५२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र  ६.०५२ प्रतिशत नगद गरि कुल २१.०५२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत आ.व. २०७८/७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८/७९को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने ।

३) आ.व. २०७८/७९ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्ता पुँजीको ६.०५२६% ले हुन आउने रकम रु.६,७९,२०,८१६/- (अक्षरेपि छ करोड उनान्असी लाख बीस हजार आठ सय सोह) नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर सहित) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गर्ने ।

४) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ (२) तथा कम्पनी ऐन, २०६३ को दफा १११ (३) अनुसार आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५) आ.व. २०७८/७९ मा भएका संचालक समितिका नयाँ सदस्यहरुको मनोनयन तथा नियुक्ति अनुमोदन गर्ने ।

विशेष प्रस्ताव:

१) यस वित्तीय संस्थाको अधिकृत पुँजी हाल रु. १ अरब १५ करोड रहेकोमा जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले सोका लागि २ करोड कित्ता शेयरको प्रति कित्ता रु. १००/- का दरले हुन आउने अधिकृत पूँजी रु. २ अरब कायम गर्ने ।

२) नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आ.व. २०७८/७९ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु.१,१२,२१,७०,०००/- को १५% ले हुने रकम रु. १६,८३,२५,५००/- बराबरको १६ लाख ८३ हजार २ सय ५५ कित्ता बोनस शेयर शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुले पाउने गरी जारी गर्ने ।

३) हालको जारी तथा चुक्ता पुँजी रु.१,१२,२१,७०,०००/- मा उपरोक्त बमोजिमको बोनस शेयर जारी गरेर जारी तथा चुक्ता पुँजी रु.१,२९,०४,९५,५००/- कायम गर्ने ।

४) (क) प्रबन्धपत्रको ५ (क) (अधिकृत पुँजी), ५ (ख) (जारी पुँजी), र ५ (ग) (चुक्ता पुँजी) संलग्न तीन महले अनुसूची अनुसार हुने गरी संशोधन गर्ने ।
(ख) यस वित्तीय संस्थाको नियमावलीको नियम २९ (१) (ग) को (अ) मा संलग्न अनुसूची अनुसार हुने गरी संशोधन गर्ने ।

५) प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

६) संस्थापक शेयरलाई १० प्रतिशत बिन्दुले सर्वसाधारणमा परिणत गरी हालको शेयर संरचना संस्थागत शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशतलाई क्रमशः संस्थापक शेयर ६० प्रतिशत र सर्वसाधारण शेयर ४० प्रतिशत कायम गर्ने ।

७) यस वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका एक वा एकभन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ती (merger/Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने ।