२१ बैशाख, २०८१ शुक्रबार

05:46:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पहिलोपटक उत्पादन वृद्धि गर्ने बजेट ल्याइएको छ : अध्यक्ष दाहाल

Nepal Business

१४ साउन, २०७९

अध्यक्ष दाहालले माओवादीमाथि अनेकन आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीबिना मुलुकको विकाससमेत सम्भव नभएको बताउनुभयो ।

पहिलोपटक उत्पादन वृद्धि गर्ने बजेट ल्याइएको छ : अध्यक्ष दाहाल

काठमाडौँ,
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नै पहिलोपटक  उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताउनुभएको छ ।

पार्टीसम्वद्ध सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादीले नै किसानलक्षित बजेट प्रस्तुत गरिएका कारण प्रतिक्रियावादी, बुर्जुवा र जनविरोधी तत्व सल्बलाएर हुनेरनहुने आरोप लगाएको बताउनुभयो ।

पार्टीसम्वद्ध सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादीले नै किसानलक्षित बजेट प्रस्तुत गरिएका कारण प्रतिक्रियावादी, बुर्जुवा र जनविरोधी तत्व सल्बलाएर हुनेरनहुने आरोप लगाएको बताउनुभयो ।

अध्यक्ष दाहालले माओवादीमाथि अनेकन आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीबिना मुलुकको विकाससमेत सम्भव नभएको बताउनुभयो ।
 
अध्यक्ष दाहालले भन्नुभयो, “हामीले अर्थतन्त्रमा पनि किसानतिर फर्केको उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको नयाँ बजेट प्रक्रियातिर देशलाई लगेका छौँ । यसबाट प्रतिक्रियावादी, बुर्जुवा र दलालहरू अत्तालिएका छन् । हामीमाथि भए÷नभएको आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र गरिएको छ । त्यसको भण्डाफोर गर्नु आवश्यक छ ।”