४ जेठ, २०८१ शुक्रबार

09:40:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सभामुखद्धारा कृषकहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

Nepal Business

२९ जेठ, २०७९

सभामुखद्धारा कृषकहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको हो । 

कृषकहरूलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई उहाँले रुलिङ गर्नुभयो । 

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए।