८ बैशाख, २०८१ शनिबार

10:16:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा

Nepal Business

१३ साउन, २०७९

शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा

काठमाण्डौं ।  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । यो फोन २ जीबी, ३२ जीबी, ३ जीबी र ६४ जीबी स्टोरेज भेरियन्टमा आउँदछ । जसको मूल्य क्रमशः १३ हजार ९ सय ९९, १५ हजार ९ सय ९९ रकेको छ । 

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भन्नुभयो, ‘टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औद्योगिक बेन्चमार्कहरू पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नविनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ ।’

रेड्मी १०एको ठूलो ६.५३ एचडी प्लस डिस्प्लेले  भिडियो तथातपाईंलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान गर्दछ ।

अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको ३ डी–कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ । यसमा रहेको १३ एमपी मेन क्यामेरा र २ एमपी देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ।

रेड्मी १०एमापावर अपको लागि मिडिया टेक हेलियो जी२५ प्रोसेसर जडित छ जुन २५ जीएचजेटसम्मको क्षमता रहेको अक्टा–कोर सीपीयू हो । यसमा लामो समयसम्म चल्ने ५०००एमएएच ब्याट्री जडित छ । यो स्मार्टफोन १० वाटको चार्जिङ अडाप्टरको साथ उपलब्ध छ । रेड्मी १० एबजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्द छ।