६ मंसिर, २०८१ बिहिबार

09:14:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तनहुँमा ६८ प्रतिशतले लगाए पूर्णखोप

Nepal Business

३० पुस, २०७८

तनहुँमा ६८ प्रतिशतले लगाए पूर्णखोप

तनहुँ
तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् ।  स्वास्थ्य कार्यालयका सूचना अधिकारी शंकरबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ ।  
भानु नगरपालिकामा पाँच, व्यासमा ६, शुक्ला गण्डकीमा एक, भिमादमा दुई, ऋषिङ गाउँपालिकामा एक र आँबुखैरेनीमा चार सक्रिय सङ्क्रमित रहेका छन् । हाल बन्दीपुर, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिका कोरोनाबाट मुक्त हुनुभएको जनाइएको छ । 
जिल्लामा ५हजार ४ जनालाई कोरोना सङ्क्रमण भएकामा ५ हजार २ सय ५१ निको भएर घर फर्कनु भएको छ । यस वर्ष कोरोनाबाट १३० सङ्क्रमितको मृत्यु भएको छ । अठार वर्षमाथिका २ लाख २९ हजार ३४७ जनामध्ये एक लाख ५७ हजार २८१ जना (६८.६ प्रतिशत) ले खोपको पूर्ण मात्रा लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
रासस