२३ बैशाख, २०८१ आइतबार

05:40:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटलबीच सम्झौता

११ साउन, २०७९

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटलबीच सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बुटवलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  राम चन्द्र श्रेष्ठ र  लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजको तर्फबाट प्रबन्धक निर्देशक भिम प्रसाद तुलाचनले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्नेछन् ।