१७ बैशाख, २०८१ सोमबार

03:48:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

११ साउन, २०७९

पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ४१८ र १ हजार ६ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जना गरी थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २०२ जना कोरोना संक्रमणमुक्त भएका छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको छ ।