२२ बैशाख, २०८१ शनिबार

02:23:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सन् २०२३ मा विश्वमा आर्थिक मन्दी हुने आईएमएफको प्रक्षेपण

११ साउन, २०७९

सन् २०२३ मा विश्वमा आर्थिक मन्दी हुने आईएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा विश्वभर आर्थिक मन्दी हुने प्रक्षेपण गरेको छ । आईएमएफले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक अपडेट–२०२२ मा विश्वको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.२ हुने र सन् २०२३ मा घटेर २.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।

यसअघि सन् २०२१ मा ६.१ प्रतिशतको आर्थिक वृद्धिदर थियो । सन् २०२० मा भने विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहेको थियो ।

एड्भान्स इकोनोमिक भएका मुलुकहरु अमेरिका, यूरो एरिया (जर्मनी, फ्रान्स, इटली, स्पेन), जापान, बेलायत, क्यानडालगायतका देशको आर्थिक वृद्धिदर समग्रमा सन् २०२२ मा २.५ प्रतिशत र सन् २०२३ मा १.४ प्रतिशत रहने आईएफएमले जनाएको छ ।

त्यसैले इमर्जिङ मार्केट र डेभलपिङ इकोनोमिक भएका देशहरु चीन, भारत, रुस, ब्राजिल, मेक्सिको, साउदी अरेबिया, नाइजेरिया, दक्षिण अफ्रिकालगायतका देशको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.६ प्रतिशत र सन् २०२३ मा ३.९ प्रतिशतको हुने प्रक्षेपण छ ।

भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ७.४ प्रतिशत र सन् २०२३ मा ६.१ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ । सन् २०२२ मा इमर्जिङ मार्केट र डेभलपिङ देशहरुमा मुद्रास्फीति १० प्रतिशतसम्म पुग्न सक्ने आईएमफले बताएको छ ।