१७ बैशाख, २०८१ सोमबार

05:28:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोनाको जोखिम बढ्दै गएकाले मास्क प्रयोग गर्न सभामुखको आग्रह

Nepal Business

१० साउन, २०७९

कोरोनाको जोखिम बढ्दै गएकाले मास्क प्रयोग गर्न सभामुखको आग्रह

काठमाण्डौं । सभामुख  अग्नि सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएको भन्दै मास्क प्रयोग गर्न आग्रह गर्नुभएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको भन्दै संसदका बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गर्नुभएको हो । 

साथै उहाँले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने तीन हजारभन्दा बढि संक्रमित आइशोलेशनमा छन् ।