१२ बैशाख, २०८१ बुधबार

02:34:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतमा मङ्कीपक्सका संक्रमित भेटिदा पनि नेपाल सरकार मौन रहेको छः सांसद भट्टराई

Nepal Business

१० साउन, २०७९

भारतमा मङ्कीपक्सका संक्रमित भेटिदा पनि नेपाल सरकार मौन रहेको छः सांसद भट्टराई

काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताको स्वास्थ्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले उपत्यकामा हैजा फैलिएको र मङ्कीपक्सको जोखिम हुँदा पनि सरकारले कुनै कदम नचालेको भन्दै तत्काल जनताको स्वास्थ्यप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

मङ्कीपक्सलाई डब्लूएचओले अलर्ट घोषणा गरिसकेको अवस्थामा नेपालमा कुनै प्रकारको सचेतना नअपनाएको उहाँले बताउनुभयो । उहाँले भारतमा चार जना संक्रमित भेटिसकको भन्दै खुल्ला सीमाका कारण सचेत हुनुपर्ने र नाकाहरुमा निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उपत्यकामा ३४ जना हैजाका बिरामी फेला पर्दा पनि सरकारले केहि नगरकोे आरोप लगाउदै उहाँले यस बिषयमा सदनमा जानकारी गराउन माग गर्नुभयो । अहिलको अवस्थामा आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्नेमा सरकार निद्राको अवस्थामा रहेको उहाँको भनाई छ ।