१५ बैशाख, २०८१ शनिबार

11:04:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतमा कोभिड सङ्क्रमण ४१ प्रतिशतले वृद्धि, नेपाललाई सावधानी

Nepal Business

२५ जेठ, २०७९

सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०७ प्रतिशत भएको जनाइएको छ ।

भारतमा कोभिड सङ्क्रमण ४१ प्रतिशतले वृद्धि, नेपाललाई सावधानी

एजेन्सी । भारतमा मङ्गलबार मध्यराति २४ घण्टाको समयावधीमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

सोमबार थप तीन हजार ७१४ जनालाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार वृद्धि भएका यो कोरोना सङ्क्रमितहरु मध्ये महाराष्ट्रका एक हजार ८८१ जना रहेका थिए । यो सङ्ख्या फेबु्रअरी १८ यताकै उच्च हो ।

सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमणमा ४१ प्रतिशतले बृद्धि भएको समाचारमा जनाइएको छ । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २८ हजार ८५७ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०७ प्रतिशत भएको जनाइएको छ ।

सोमबार मध्यरातिसम्म २४ घण्टाको समयावधीमा ३ जार ३४५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या ४ करोड २६ लाख ३६ हजार ७१० पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७२ प्रतिशत रहेको छ । 

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३५ लाख परीक्षण भएको छ । सन् २०२१ जनवरीबाट भारतमा राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ९४ करोड ४३ लाख २६ हजार ४१६ हजार खोप लगाइएको छ ।