७ बैशाख, २०८१ शुक्रबार

05:33:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतमा कोरोनाबाट २ हजार ५ सय भन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

१२ बैशाख, २०७९

भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् ।

भारतमा कोरोनाबाट २ हजार ५ सय भन्दा बढी नयाँ सङ्क्रमित,  ३० को मृत्यु

भारत । भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ ।

अघिल्लो दिन भने दुई हजार ५९३ जना सङ्क्रमित भएका थिए । भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् । 

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५२२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । 

नयाँ सङ्क्रमित मध्ये १ हजार ८३ जना दिल्ली प्रदेशका मात्रै रहेका छन् । यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको ५७.३७ प्रतिशत हो । रासस/एएनआई ।