१७ बैशाख, २०८१ सोमबार

04:46:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, १ जनाको मृत्यु

९ साउन, २०७९

कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर परिक्षण गर्दा ४५३ जना र  १ हजार ७ सय १६ जनाको एन्टीजेन परिक्षण गर्दा ११५ गरी थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४८०० जनाले कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ जना रहेका छन् ।