२४ बैशाख, २०८१ सोमबार

09:42:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने

Nepal Business

९ साउन, २०७९

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने

काठमाण्डौं । स्प्यारो र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयबीच एसईई नतिजा हेर्ने सम्बन्धी सम्झौता भएको छ । अब एसईई विद्यार्थीहरुलाई २०७८÷७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको हो ।

स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ । यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएस मार्फत आफ्नो एसईई नतिजा हेर्न सक्नेछन् ।

विद्यार्थी र उनीहरूको नतिजाबीचको दूरी कम गर्ने उद्देश्यका साथ, स्प्यारो एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्ध गराउने जनाएको छ।

जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापाले भन्नुभयो, ‘केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो । सेवा मार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ ।’