१६ चैत, २०८० शुक्रबार

03:31:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुबिसु र नेपाल बिजनेशले आईटी क्षेत्रको उद्यमशीलता प्रवर्द्धन कार्यक्रम गर्ने (भिडियोसहित)

Nepal Business

४ जेठ, २०७९

सुबिसु र नेपाल बिजनेशले आईटी क्षेत्रको उद्यमशीलता  प्रवर्द्धन कार्यक्रम गर्ने  (भिडियोसहित)

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक संस्था सुबिसु केबलनेट प्रा.ली. र नेपाल बिजनेश डटकमले सूचना प्रविधिको प्रयोग, यसको सकारात्मक प्रभाव र चुनौतीका बारेमा आईसिटी साक्षरता अभियान सञ्चालन गर्ने भएका छन् । 

सुबिसुका अध्यक्ष सुधिर पराजुली र नेपाल बिजनेश डटकमका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले देशका विभिन्न कलेज, स्कुल र पालिकास्तरमा सूचना प्रविधिको प्रयोग, यसको सकारात्मक प्रभाव र चुनौतीका बारेमा साक्षरता अभियान सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

इन्टरनेटको सेवा मार्फत सूचनाको पहुँच विस्तारमा काम गरिरहेको सुबिसुले प्राविधिक रुपमा सहयोग गर्ने छ भने नेपाल बिजनेश डटकमले व्यवस्थापकीय कार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता पश्चात सुबिसुका अध्यक्ष पराजुलीले देशका अधिकासं स्थानमा इन्टरनेटको सेवा पुगिसकेको अवस्थामा इन्टरनेटको प्रभावकारी प्रयोग र यसबाट लिन सकिने फाईदाका बारेमा दुवै संस्थाको सहकार्यमा प्रयोगकर्तासम्म पुगेर विभिन्न  प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।  

उहाँले अहिलेपनि कतिपय इन्टरनेट प्रयोगकर्ताहरुले प्रभावकारी जानकारीको अभावमा धेरै दुख पाईराखेको भन्दै डिजिटल डिभाईडलाई कम गर्दै अगाडि बढ्न सहकार्यले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियस्तरमा इन्टरनेट सेवा प्रदायक र प्रयोगकर्ताहरुको पक्षमा वकालत गर्न समेत यो कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष पराजुलीको धारणा थियो । 

यसैगरी सम्झौता पश्चात नेपाल बिजनेशडटकमा प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले इन्टरनेट र सूचना प्रविधिको पहुँच विस्तार भएपनि कतिपय प्रयोगकर्ताहरु यसको प्रभावकारी प्रयोग गर्ने कुरामा अहिलेपनि अलमलमा रहेको बताउनुभयो ।

उहाँले इन्टरनेटको प्रयोग मार्फत हरेक व्यक्तिको आर्थिक, सामाजिक रुपान्तरण गर्दै ज्ञान, सिप र क्षमताको विकास गर्न सहयोग पुग्नेगरी अभियान सञ्चालन गरिने बताउनुभयो । 

युवा पुस्तामा बढ्दो इन्टरनेटको प्रयोगलाई उचित व्यवस्थापन गर्दै यससंगं सम्वन्धित सरोकारवाला निकायहरुलाई जिम्मेवार बनाउनेसम्मका कार्यक्रम सञ्चालन गर्ने गैरेले बताउनुभयो । 

नेपाल विजनेश डटकम व्यवसायिक विकास, संरक्षण र  प्रवर्द्धनका क्षेत्रमा काम गर्ने डिजिटल प्लेटफर्म हो । सन् २०१३ मा स्थापना भएको विशाल मिडिया ग्रुपरुपले सञ्चालन गरेको नेपाल बिजनेशमा विशेषगरी नेपालको व्यवसायिक समाचार, फिचर, भिडियो अन्तर्वाता, मेड इन नेपाल, ग्लोवल विजनेश, वित्तीय साक्षता, करियर तालिम, उद्यमशीलता तालिम लगाएतका सामग्रीहरु हेर्न, सुन्न र पढ्न पाईन्छ । 

विगत २० वर्ष देखी सुबिसु केबलनेट प्रा.ली. ले इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गरिरहेको छ । ७७ वटै जिल्लामा सेवा प्रवाह गरिरहेको सुबिसुले आफ्नो सेवालाई समयसापेक्ष गर्दै अगाडि बढिरहेको छ ।

बदलिँदो समयसंगै आफ्नो सेवालाई पनि परिष्कृत गर्दै चुस्तदुरुस्त राख्ने सुबिसु नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि हो ।