६ मंसिर, २०८१ बिहिबार
12:05:50 PM
२३ बैशाख, २०७९
इन्डष्ट्रीले राम्रो मेनपावर पाएको छैन, लिमिटेड मेनपावर छ । सरकारले टेक्निकल एजुकेशनको त्यत्रो कुरा गरिराखेको छ । सबैठाउँमा टेक्नीकल स्कुलहरु खुलिरहेका छन । तर त्यहाँ पढाउने शिक्षकहरु छैनन् ।
काठामाण्डौ । पछिल्लो समय विश्वव्यापी रुपमा सूचना प्रविधिको पठन पाठन र प्रयोग बढिरहेको छ । सूचना प्रविधिमा युवा पुस्ताको आकर्षण पनि बढिरहेको छ ।
युवा पुस्तालाई रोजगार र स्वरोजगार बनाउने काम संगसंगै महिलाहरुलाई समेत सूचना प्रविधिमा संलग्न बनाउँदै यसको प्रयोगमा रुपान्तरणकारी काम गर्दै आएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जलानसँग नेपालको सूचना प्रविधिको अवस्था, सम्भावना र निजी क्षेत्रले भोगिरहेका चुनौतीका बारेमा नेपाल विजनेशले गरेको कुराकानीको संपादीत अंश ।
नेपालको एउटा समस्या के छ भने यहाँ विषयको क्रेज चल्दो रहेछ । के पढ्ने भन्दा पनि यो विषय राम्रो छ भन्दै त्यो विषय पछाडि दौडने प्रचलन बढि छ ।
आइटिको सम्भावना धेरै राम्रो छ । युएस सरकारले एउटा सर्भे गरेको थियो । विश्वव्यापी रुपमा ७६ प्रतिशत जागिरहरु आइटी क्षेत्रमा रहेको छ ।
अर्को एउटा के छ भने आइटी सेक्टरमा तपाई एकदम विज्ञ हुनुभएन तर सानो पनि स्किल छ भने यो क्षेत्रले तपाइलाई भोकै मर्न दिदैन । अरु सेक्टर भन्दा यो भिन्न छ ।
गाउँमा हुनुहुन्छ भने पनि तपाई केहि न केहि काम पाइहाल्नुहुन्छ । तपाइसँग अलिकत कनेक्टीभिटि छ र अरु सुविधाहरु छ भने तपाइले काम पाइहाल्नुहुन्छ ।
अहिले पनि नेपालका कतिपय विश्वविद्यालय तथा कलेजहरुले आइटी पढाउने नाममा सर्टीफिकेट मात्र दिने अवस्था देखापरेको छ ।
अब एजुकेशन सिस्टम पनि परिवर्तन गर्नुपर्यो । हामीले पुरानो तरिकाले पढाइराखेका थियौँ त्यो तरिकाले पढाएर भएन । अहिले हामीले आउटकम बेस्ड लर्नीङको कुरा गर्दै छौँ ।
आउटकम बेस्ड लर्निङ भनेको चाहिँ पहिला के सिकाउने त्यो डिसाइड गर्छौ । त्यसपछि हामीले पारामिटरको डिसाइड गर्छौ, के–के पढाउने भनेर । तर के बनाउने ?
इभालुएसन सिस्टम चेन्ज गर्नु पर्यो । अहिले पनि हामीकँहा आइटी एजुकेशन छ तर पुरानै तरिकाको छ । यो प्राक्टिकल हुन आवश्यक छ ।
नयाँ कुराहरु अंगाल्नु पर्यो । हामी अहिले पनि त्यो रटन्ते विद्यामा छौँ । त्यसले काम चल्दैन ।आजको दिनमा सिनारियो के छ भने तपाइले मिहिनेत गरेर काम गर्नुहुन्छ भने तपाइलाई बाहिर जानुपर्ने आवश्यकता पर्दैन ।
जस्तो हामीले अहिले जेनेशिश क्लाउड एकाडेमीसँग टाइअप गरेर बिएस्सी आइटी इन क्लाउड कम्युटिङ सुरु गरेका छौँ । एसमा के छ भने एमाजनमा विधार्थीहरुले इनटर्नसिप गर्न पाउँछ ।
र पछि एमाजन मै नेपालमै बसेर काम गर्ने सम्भावना छ । त्यस्ता किसिमका अवसरहरु यहाँ छन । गर्नसक्नु पर्यो ।
सरकारले पोलिसि ल्याएको छ जस्तो अनलाइनबाट वा के्रडिट कार्डबाट भुक्तानी गर्यो भने भ्याटको १० प्रतिशत रिफण्ड हुन्छ भनेर । तर त्यो कसरी हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।
कसैले लिएको छैन । सेवाग्राहिले अनलाइन भुक्तानी गर्छ भने त्यसको आधारमा भ्याट पनि अनलाइन नै रिफण्ड भयो भने मान्छे उत्पाहित हुन्छ । हामी नेपालीको एउटा बानी छ ।
उदाहरणको रुपमा मेरो श्रीमतीले प्रिपेड फोन प्रयोग गर्छ । दराजमा गयो भने ७ प्रतिशत डिसकाउण्टको कुपन दिनमा एकचोटी पाउँदो रहेछ । त्यहाबाट ५०० को रिचार्ज गर्ने हो ७ प्रतिशतको हिसाबले ३५ रुपैया आयो ।
त्यो ठुलो अमाउण्ट होइन । तर आकर्षक छ नि । अर्को धेरै फेस गरेको समस्या भनेको पूर्वाधारको हो । अस्ती म काकरभिट्टाबाट आइरहेको थिए ।
इन्डियाबस्ने भाइको गाडि लिएर आएँ तर त्यहाँ गाडिको भन्सार काट्ने ठाउँमा सर्भर डाउन थियो । म एरपोर्टमा जानपर्ने थियो । प्लेन छुट्ने बेला भइसकेको थियो । मैले गाडि त्यहि छोडेर ट्याक्सी लिएर निस्कनु पर्ने बाध्यता पर्यो ।
त्यसैले पूर्वाधारको विश्वसनियता पहिले चाहियो । त्यो हुन आवश्यक छ । विश्वास भयो भने त केहि पनि समस्या छैन । अहिले मलाई लाग्छ ९० प्रतिशतले एयर टिकट मोबाइलबाटै गर्छन ।
अर्को कुरा चाहिँ एउटै निकायले हेर्ने प्रावधानको अभाव छ । हाम्रोमा साइन्सको आइटी डिपार्टमेन्ट हेर्ने छुट्टै, एजुकेशनको छुट्ट्रै र म्यानेजमेण्टको छुट्टै छ जब कि विश्वव्यापी रुपमा आइटीहेर्ने निकाय एउटै छ ।
आइटि सेन्ट्रलाइज भएको हुन्छ । हामीकहाँ चाहिँ छुट्टाछुट्टै छ । एउटाको कोर्ष सेलेवस छुट्टै छ अर्कोको छुट्टै छ, अनि समग्रमा आइटीको विकास कसरी हुन्छ ?
एजुकेशनमा मैले देखेको सरकार भन्दा पनि जुन आइटी इन्डस्ट्री छ उहाँ र एकाडेमियाको एक किसिमको कोलाब्रेशन भइदियो वा उहाँहरुले हामीलाई ३ वर्ष वा ५ वर्ष यस्तो किसिमको मेनपावर चाहिन्छ वा उनीहरुको यस्तो किसिमको स्किल हुनुपर्दछ भन्ने कुरा कलेज तथा विश्वविद्यालयहरुलाई जानकारी गराइदिनुभयो भने सजिलो हुन्छ ।
यहाँ समस्या के भइरहेको छ भने एकाडेमिक्स र इन्डसट्रीको समन्वयनको अभाव छ । एकअर्कासँग मिलेर काम गर्नुपर्ने वातावरण नै सृजना भइराखेको छैन ।
इन्डष्ट्रीले राम्रो मेनपावर पाएको छैन, लिमिटेड मेनपावर छ । सरकारले टेक्निकल एजुकेशनको त्यत्रो कुरा गरिराखेको छ । सबैठाउँमा टेक्नीकल स्कुलहरु खुलिरहेका छन । तर त्यहाँ पढाउने शिक्षकहरु छैनन् । काठमाण्डौ विश्वविधालयले ६ महिना पहिला त्यो कुरालाई दृष्टिगत गरेर ब्याचलर इन टेक्निकल एजुकेशन भनेर सुरु गरेको छ ।
हामी जहिले पनि टेक्नीकल एजुकेशनको कुरा गरिराखेका छौँ । तर पढाउने शिक्षक खोइ त ? मेरो कलेजमा मात्र मैले ८ जना भारतबाट शिक्षक लिएर राखेको छु । त्यसैले मेवपावरको ठूलो खाँचो छ ।
कुन–कुन लेवलमा छ त्यो हेरेर, इन्डष्ट्रीहरु पनि अगाडि आएर काम गर्नु भयो भने राम्रो हुन्छ ।
यो ह्युमन रिसोर्स डेभलप गर्नमा सरकारले कत्तिको भूमिका खेल्न सक्छ भन्ने मलाइ थाहा भएन किनभने मलाइ याद छ २००१ मा विज्ञान प्रविधि मन्त्रालय थ्यो त्यो बेलामा, उहाँहरुले १० हजार मेनपावर ट्रेनिङ गर्नु भएको थियो ।
कसैलाई ३ महिने, कसैलाई ६ महिने, कसैलाई हार्डवेयरको, कसैलाई नेटवर्कीङ्को, कसैलाई मेडिकल, कलसेन्टर लगायतका विषयमा तालिमहरु दिइएको थियो ।
तर त्यो कस्तो भयो भने टेन्डर विड गरे, १५ हजारको टेन्डर ३ हजारमा विड गरेछन । अब त्यो कस्तो ट्रेनिङ दिए होलान त ? त्यसैले मैले देखेको सरकारी क्षेत्र भन्दा पनि निजी क्षेत्र आफैँमा मिलेर एकअर्कासँग समन्वय गरेर, अनि सरकारले पनि पिपिपि मोडेलमा काम गर्न सक्यो भने यहाँको सम्भाव्यता छ ।
अहिले पनि हाम्रो फस्र्ट व्याच विधार्थीले अष्ट्रेलियमा तिन वटा कम्पनी चलाइराखेको छ । अर्को हप्ता हामीले एउटा सम्झौता गर्दैछौँ । उसले हाम्रै कलेजको ८–१० जना लिएर उसले कलेजमै बसेर काम गर्ने वातावरण तय हुँदैछ ।
यहाँ बसेर त्यहाँको काम गर्छन र उताबाट अष्ट्रेलियन डलरमा पे गर्छन । सम्भावनाहरु छन्, सरकारले पनि, प्राइभेट क्षेत्रले पनि हामी एकअर्काको सहयात्री या पुरक छौँ भन्ने हिसाबमा अगाडि बढ्यौँ भने नो डाउट भविष्य राम्रो छ ।
यहाँ शिक्षा पनि राम्रो दिन सकिन्छ ।
आइटी मात्र भनेर नदगुर्नुस् । नामको पछाडिमात्र नलाग्नुुस । भित्रको कन्टेन्ट हेर्नुस् के छ ? आइटिको नाममा उसले के पढाइरहेको छ र कोर्षहरु केके छन ? कलेज कति पुरानो छ ? शिक्षकहरु कस्ता छन ?
विश्वविद्यालयको र्याङ्ककीङ के छ ? विश्वविधालय कुन ग्रेडको हो ? यी समग्र कुराहरुलाई हेरेर तपाइलाई बजारमा चाहिने कुरा उसले दिन्छ कि दिदैन ? सबै कुरा ख्याल गरेरमात्र अगाडि बढ्नुस् भन्न चहान्छु ।